ब्राइटल्याण्ड सडक स्तरोन्नती पहल

नेपालगन्जको पासाङल्हामु मार्ग देखि ब्राइटल्याण्ड कलेज हुँदै जेल रोड जोड्ने सडक व्यवस्थापन पहल थालिएको छ ।

टोलवासीका अनुसार, त्यसबीचका संरचनालाई व्यवस्थापन गर्दै सडक चौडा गर्ने, स्तरोन्नती गरि व्यवस्थित निकासको सहमति भएको हो । सुर्खेतरोड र अस्पतालरोडको बैकल्पिक बाटो हुनसक्ने ब्राइटल्याण्ड सडक स्थानीय सरकारको उपेक्षामा परेपछि स्तरोन्नतीका लागि टोल समितिले अग्रसरता लिएको बताइएको छ ।

त्यसका लागि स्थानीय सिद्वार्थ टोल विकास समितिको पहलमा विहीवार छलफल गरिएको छ । यहाँ स्थित टोलबासीको उपस्थितिमा भएको सहमतिका आधारमा सडक स्तरोन्नतीसहित विस्तार हुने विश्वास लिइएको टोल विकास समितिकी अध्यक्ष भागीरथी पाण्डेले बताइन् ।

समितिका सचिव पुष्प शर्माका अनुसार उक्त कार्यक्रममा अधिवक्ता प्रहलाद बहादुर कार्की, डा. अनिल चौधरी, ब्राइटल्याण्ड कलेजका प्रमुख डा. राजेश खनाल, हिमाल गैरे, डा. पियुष कनोडिया, उद्योगपति चम्पालाल बोथरा, नेपाली काँग्रेसका नेता निजामुद्दिन सिद्धिकी लगायतको सहभागितामा छलफल गरिएको हो । छलफलमा सडक स्तरोन्नतीका लागी तत्काल वडा, उपमहानगरपालिकालगायतका निकायमा जाने तथा निर्वाचित प्रतिनिधिलाई अनुरोध गरिने निर्णय पनि गरिएको सचिव शर्माले बताए ।

Exit mobile version