बहस

नेपालगन्जमा ४४ डिग्री सेल्सियस पुगेपछि गर्मीले कोलाहल मच्चियो । विद्युत आपूर्तिको कमीले दिनको चैन र रातको निन्द्रा हरायो । यहाँको तापक्रम ४७ डिग्रीसम्म पुग्नेछ भनेर मौषमविद्को भविष्यवाणी छ । लुको शहर नेपालगन्जमा दिउसो सडकमा मानिसको उपस्थिति पातलो भयो भने साँझ मात्र चोक बजारमा मान्छे देखिन थाल्छन । गर्मीको विषय शहरमा र फेसबुकमा चर्चाको शिर्षक बनेको छ ।
नेपालगन्ज अतिवादी शहर हो । यहाँ हरेक विषय अतिमा हुन्छ । माया, प्रेम, घृणा, गर्मीको लु र जाडोको सित लहर, बाढीको डुवान, सुख्खा सबै अतिमा हुन्छ । पानीको लेवल जमिनमा अत्यन्तै तल पुग्यो । इनार र हाते पम्प सुके । उडेका चरा उड्दै झर्न थाले । प्यासले छुटटा जनावर छट्पटिन थाले । बोट बिरुवा मर्न थाले । हरेक नकार विषयले सकार विषय बहसमा ल्याउछ । किन गर्मी बढयो ? किन डुवान हुन्छ ? के यो मानवीय त्रुटी हो की ! इश्वर वा अल्लाहको मर्जी !

 मानवीय र राजनीतिक विषयमा सरोकार नभएपनि शहरमा धर्म र जातिय उन्मादका भने अतिवादी जुलुसको फसल, घृणाका व्यापार  चल्दा सद्भाव त्राहीत्राही हुन्छ । अब भने पर्यावरण ध्वस्त गर्ने हामी मान्छे नै हौँ, त्यसका दण्ड भोग्दैछौ भन्ने हुँदैछ । पर्यावरण पहिला शिक्षित वा एनजीओका विषय मात्रै बन्थे । अब भने हरित क्रान्ति मात्रै हैन् समाज, स्थानीय सरकार, र सरोकारको विषय बन्यो, बन्दै गयो । जसले पर्यावरण सोच्दैन त्यसले भुंग्रामा सन्तानलाई पोलिरहन्छ भन्ने भयो ।  जो पर्यावरणको ध्वस्त गर्छन, गर्न प्रोत्साहित गर्छन वा कानुनी अधिकार दिन्छन, तिनलाई पनि गर्मीले भने पोल्यो ।  

पुर्खाले पहिला प्रकृतिलाई सन्तुलन ल्याउने उपाय सोच्थे । ठूलाठूला तलाउ, बगैचा र रुखको रक्षा गर्थे । पून्य कमाउन इनार र रुखको विवाह गराईदिएर दुवैको रक्षा गर्थे । पानीको खेती (रेन हार्वेस्टग ) हुन्थ्यो । नालाको निर्वाध प्राकृतिक वहाव हुन्थ्यो । अहिले बढ्दो शहरी करण, दृघकालीन सोंच बेगरको योजनाबिद, सरोकार हिन स्थानीय शासन, प्रशासन त्यो सबै मिल्दा नाला खुम्चिदै नाला मिचिए । अहिले तिनै मिच्नेहरुको घर पसलमा नाला पसेर न्यूरोड हरेक वर्षमा कुरुप बन्छ । रोइलो शुरु हुन्छ ।

रुख काटिएर पैसामा फेरिए । तलाउ परिएर जंग्गाका खेती भए । नाला पुरिएर महल ठडिए । त्यसको अभिसाप नेपालगंन्जले गर्मी र बाढी झेल्नु प¥योे ।

युद्दको सरोकार नराख्दा पनि युद्द हाम्रा घर समाजमा पुगि सक्यो । इजरायलले गाजामा पडकाएका बम हुँन या युक्रिनमा पड्किएका नाटो वा रुसका बमका ध्वनिले यहाँको गर्मी बढायो । त्यसैले निजी सरोकार नराखेपनि बिग्रिंदो पर्यावरणले भने सबैको सरोकार राख्छ । सावधान । बेलैमा सचेत बनौं, पर्यावरण जोगाऔं ।

Exit mobile version