क्षतिपूर्तिवापतकाे रकमबाट हिरासत पुस्तकालयलाई पुस्तक

कोहलपुर । काठमाडौंस्थित चन्डोलका रीतिक हिरासत पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् । दुर्घटनाबाट पाएको क्षति रकमबाट उनले विभिन्न साहित्यिक पुस्तक सहयोग गरेका हुन् ।
केही हप्ता अगाडि उनको गाडीलाई विपरीत दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनाबाट क्षति भएको गाडीका लागि पाएको क्षति रकम उनले नलिएर ईलाका प्रहरी कार्यालय कोहलपुरमा स्थापना भएको हिरासत पुस्तकालयलाई पुस्तक सहयोग भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जनाए ।

Exit mobile version