१. माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् ।
२. नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले केन्द्र सरकारले राखेका साना योजनाले संघीयताको उपहास गरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले १ लाख, ५ लाखका साना योजना संघीय सरकारले राख्दा संघीयताको उपहास भएको बताएका हुन् ।
३. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रबार काठमाडौंमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको बताएका छन् ।
४. हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् ।
५. नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले दशौं महाधिवशेनमा एक हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने भएका छन् । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले असार १६ देखि २० मा हुने महाधविशेनका लागि जिल्ला, प्रदेश, प्रवास, जनसंगठनबाट प्रतिनिधिको संख्या र निर्देशिका पारित गरी संख्या विधि तय गरेको हो ।
६. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ । निर्माण कम्पनीले काम छाडेपछि कम्पनीसंग ठेक्का सम्झौता रद्द गरिएको छ ।
७. भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो ।
८. पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिक नेपालगन्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो ।