कारकाँदोमा सामुदायिक धारा

चर्को गर्मीसँगै यतिबेला नेपालगन्जमा पिउने पानीको सर्वसुलभतामा पनि समस्या छ । विभिन्न सामुदायिक स्तरमा सर्वसाधारणका लागि पिउने पानी वितरण भैरहेको छ । यसले तत्कालका लागि राहत दिएपनि स्थायी रूपमा समाधान दिंदैन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले भने आफ्नो वडाक्षेत्रका विभिन्न टोलमा सामुदायिक धारा जडान गरिरहेको छ । ‘अहिलेसम्म १९ वटा धारा जडान गरिसकेका छौं’, वडाध्यक्ष दिपक कुमार बर्माले माग र आवश्यकताका आधारमा टोल छनोट गरी धारा जडान कार्य भैरहेको जानकारी दिंदै भने, ‘विपन्न तथा दलित बस्तीलाई प्राथमिकतामा राखिएको छ ।’

Exit mobile version