सहकारीलाई सोध्यो उपमहानगरपालिकाले स्पष्टिकरण

नेपालगन्ज कारकाँदोस्थित चम्किलो तारा बचत तथा ऋण सहकारी संस्थालाई १५ दिने स्पष्टीकरण सोधिएको छ ।

नेपालगन्ज उपमहानगर–पालिकाको सहकारी अनुगमन टोलीले १५ दिने स्पष्टीकरण सोधेको हो । १५ दिनभित्र कार्यान्वयन योजना पेश गर्न निर्देशन दिँदै अनगुमन टोलीले स्पष्टीकरण सोधेको हो ।

अनुगमन टोली संयोजक एवम् सहकारी शाखा प्रमुख प्रविण रानाले कार्यान्वयन योजना पेश गर्न १५ दिने समय दिएर स्पष्टीकरण सोधिएको
बताए । संस्थाका कागजात (ऋण फाइल, डे–बुक बाहेक) नभेटिएको, कार्य क्षेत्र बाहिर र गैर सदस्य कारोबार गर्ने गरेको, नियामक निकायमा आवश्यक प्रतिवेदन र विवरण पेश नगरेको, सहकारी सिद्धान्त, नियम, ऐन, विनियम विपरीत संस्था सञ्चालन भइरहेको, कर्मचारी हाजिरी रजिष्टर नभएको लगायतका कैफियत उल्लेख गर्दै कार्यान्वयन योजना पेश गर्न निर्देशन दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को कसुरमा कारबाही गर्ने सम्बन्धमा ८१(३) बमोजिमको स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको रानाले जानकारी दिनए ।

सहकारी शाखा प्रमुख रानाको संयोजकत्वमा जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित तीन सदस्यीय टोलीले नेपालगञ्ज उपमहानगरपालिकाको कार्य क्षेत्र भित्रका सहकारी अनुगमन गर्दै आएको छ । सहकारीलाई ब्यवस्थित र मर्यादित बनाउन सचेतीकरण गर्ने उद्देश्यले निरन्तर अनुगमन भइरहेको छ ।

Exit mobile version