सडकमा ट्राफिक सचेतना कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको जनाएको छ । त्यसक्रममा हालसम्म जिल्लाका बिभिन्न १२ स्थानहरुमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासन पालना गराउने उद्देश्यले ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तको उपस्थितिमा जिल्लाको विभिन्न स्थानहरुमा गई सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको हो ।

सवारी साधनका चालक, सह–चालक तथा सवारी धनी, बाटो प्रयोगकर्ता तथा सर्वसाधारणहरुलाई लेन अनुशासन, सवारी रोक्ने तरिका, साइड लाइट प्रयोग गर्ने तरिका, बाटो काट्दा ध्यान दिनुपर्ने कुरा, ओभरटेक गर्दा ध्यान दिनुपर्ने कुरा तथा अन्य ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्नुका साथै पर्चा पम्पलेट समेत वितरणका गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्तले जानकारी दिए ।

Exit mobile version