व्यवसाय दर्ता गर्न पालिकाको आग्रह

बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा सयुक्त अनुगमन टोलिले बजार अनुगमनलाई तिव्रता दिएको छ । पालिका उपाध्यक्ष मन्जु मल्लको नेतृत्वमा गएको अनुगमन टोलीले खजुराको एक नम्बर बजारमा रहेका व्यवसायिक पसलहरूमा पुगेको थियो । अनुगमन टोलीले खजुराको विकास र समृद्धिको लागि व्यवसायलाई पालिकामा दर्ता गर्न अनुरोध गर्दै टोली एक नम्बरका पसलहरूमा पुगेको हो ।

अनुगमन टोलीले अनुगमन गर्दा अधिकाशं पसल दर्ता नभएको, नविकरण नगरिएको पाइएको खजुरा गाउँपालिका उपाध्यक्ष मल्लले जानकारी दिइन । ५० पसल अनुगमन गर्न खजुरा गाउँपालिकामा दर्ता हुने पसल ४ वटा मात्र भेटिएको थियो । पालिकामा दर्ता नभएका सबै पसलहरूलाई तत्काल आवश्यक कागजपत्र पुगाएर एक हत्ता भित्र गाउँपालिकामा आएर दर्ता गर्न अनुरोध गरिएको थियो ।

एक हप्ता भित्र दर्ता गरे कुनैपनि जरिवाना पालिकाले नलिने अनुगमनमा सहभागी खजुरा गाउँपालिकाका राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले बताए । खजुराको विकासमा सहभागी हुन पसल व्यवसाय अनिवार्य दर्ता गर्न आवश्यक रहेको उपाध्यक्ष मल्लले जनाइन् ।

अनुगमन टोलीलाई स्थानीय व्यवसायीले पालिकामा दर्ता गरे के फाइदा हुने प्रश्न गरेका थिए । सरकारले व्यवसायीलाई दोहोरो करको भारी बोकाएको भन्दै यसलाई घटाउन पर्नेमा जोड दिएका थिए । एकै पसलको लागि बाणिज्यमा पनि कर तिर्ने, पालिकामा पनि कर तिर्ने एस्तो किन गरिएको हो व्यवसायीहरूको अनुगमनकर्ताहरूलाई प्रश्न थियो ।

‘पालिकाले व्यवसायिको हितमा काम नगर्ने कर मात्र असुल्ने काम भयो,’ व्यवसायी मणिकरत्न केसीले गुनासो गरे । व्यवसाय दर्ता सगै व्यवसायका समस्या लगायतमा पालिकाले थप काम गर्ने उपाध्यक्ष मल्लले प्रतिवद्धता जनाइन् । पालिकाले बैशाख १ गते देखि व्यवसाय दर्ता गर्न अभियान नै सञ्चालन गरिरहेको छ । अनुगमनमा घरेलु तथा साना उद्योग महासंघ, उद्योग बाणिज्य संघ खजुरा, वडा अध्यक्ष, वडा सदस्य, व्यवसायि पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Exit mobile version