आज दशौ अन्तर्राष्ट्रिय योग दिवस

आफु र समाजका लागि योग भन्ने मुल नाराका साथ आज शुक्रबार दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ । यस उपलक्ष्यमा बाँकेमा योग समिति नेपाल लगायतका सस्थाले बिभिन्न कार्यक्रमको आयोजना गरि योग दिवस मनाउँदैछन् । शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरि योग समिति नेपाल ले ३० वटा योग केन्द्रमा एक साथ मनाउदै मनाउन लागिएको योग समिति नेपालका अध्यक्ष योगगुरु आयुर्बेदाचार्य गिरिराज भट्टराईले जानकारी दिए ।

योग मनोबिज्ञान हो, योग जीवन पद्धति हो योग जीवन जिउने कला हो । योग जिबन को मार्ग हो । योग आफैमा भएको शक्ति उजागर गर्ने कला भएकाले यसको बिस्तारमा सरोकारवाला गम्भीर बन्नु पर्ने भट्टराईले बताए ।

विश्व योग दिवस मनाउने सम्बन्धमामा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तह तथा नगरपालिका महासंघ गाउँपालिका महासंघलाई अनुरोध गरि पठाउने निर्णय गर्दै नेपाल सरकारले महिला सशक्तिकरणका लागि योग भन्ने मुल नारा तय रहेको छ । बिस्तारै योगको महत्व बढ्दै गए पनि तीन तहकै सरकारले आमसमुदायसम्म योगको बिस्तारका गर्न नसकेको योग समिति नेपालका केन्द्रीय सदस्य एवं योग प्रशिक्षक बसन्त गौतमले बताए । तन, मन र वचन शुद्धताका लागि योगको महत्व रहेकाले आमनागरिकसम्म यसको प्रचार प्रशार र बिस्तार गर्दै लैजानु पर्नेमा योग प्रशिक्षक गौतमले जोड दिए ।

विश्व योग दिवस मनाउनका लागि योग समिति नेपालले आफ्ना ३० वटै केन्द्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ । योग केन्द्रका अध्यक्षको संयोजनमा ३० वटै केन्द्रमा बिभिन्न कार्यक्रम गरि दिवस मनाउन लागिएको महासचिव चिरञ्जीवि ज्ञवालीले जानकारी दिए ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयानुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपालमा वि.सं. २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । राष्ट्रसङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १ सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।

सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि वि.सं. २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

Exit mobile version