दुर्घटना रोकथामका लागि संकल्प प्रस्ताव

लुम्बिनी प्रदेशमा दुर्घटना रोकथाम गरी जीउधनको सुरक्षा र क्षति न्यूनीकरणको व्यवस्था बारे संकल्प प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सदस्य अम्बिका काफ्ले जानकारी दिएकी छन् । उनले प्रस्ताव लुम्बिनी प्रदेश सभाको इतिहासमा पहिलो प्रस्ताव भएको बताइन् ।

सडक सुरक्षाको सवालमा गत तीन आ.व.मा २०७७ देखि २०७९/२०८० सम्म लुम्बिनीमा १ हजार ५ सय ३९ जनाको मृत्यु, ३ हजार ५ घाइते भएको प्रदेश सभा सदस्य काफ्लेले सार्वजनिक गरेकी छन् । उनले गत बर्ष लुम्बिनीमा ३ सय ६७ जनाको मृत्यु, ७ सय ७९ जना दुर्घटनामा गम्भीर घाइते भएको बताइन् ।

Exit mobile version