नेपालगन्जमा कर्मचारीका लागि योग शिविर

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लुम्बीनी प्र्रदेश सरकार, आयूर्वेदिक स्वास्थ्य केन्द्र्र बांकेको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बांके, प्रदेश सुशासन केन्द्र बांके तथा कर्मचारी मिलन केन्द्र्र बांकेको समन्वयमा बांके जिल्लामा कार्यरत कार्यालय प्र्रमुख तथा कर्मचारीकाहरूका लागि एक दिने योग अभ्यास सिविर कार्यक्रमको आयोजना गरिएको थियो ।

बांकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र्रप्र्रसाद रिजालको अध्यक्षतामा सुरू भएको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्र्रकाश बुढाथोकी, सोही मन्त्रालयको आयूर्वेद ंशाखा प्रमुख डा. पुष्पराज पौडेल तथा आयूर्वेदिक स्वास्थ्य केन्द्र्र बांकेकाका कार्यालय प्रमुख डा. गीता रेग्मीले योगको इतिहांस तथा मानव स्वास्थ्यमा योगको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्र्रमको दोस्र्रो सत्रको योग अभ्यास सिविरमा नेपाल सरकार अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख तथा प्रमुख योग प्रशिक्षक गणेश अधिकारीले सहभागी बांकेका बिभिन्न कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरू सहितका करिव एक सय जनालाई दुई घण्टा विभिन्न आसनका योग अभ्यास सहितको प्र्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको समापन सत्रमा बांकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र्रप्र्रसाद रिजालले योग मानव स्वास्थ्यका लागि महत्वपूर्ण तथा अभिन्न विषय हो । बांकेका सबै तहका कार्यालयमा कार्यरत कर्मचारीहरू योगमा जोडिएमा सेवा प्रवाहमा समेत प्रभावकारीता आउने बताउनु भयो । कार्यक्र्रमको संचालन कर्मचारी मिलन केन्द्र्र बांकेका अध्यक्ष गोविन्दप्र्रसाद पाण्डेले गर्नु भएको थियो ।

Exit mobile version