नदीजन्य पदार्थको अवैध दोहन

बाँकेमा नदीजन्य पदार्थको अवैध दोहनका घटना बेलाबेला सार्वजनिक भैरहन्छ । स्थानीय तह अन्तर्गत नदीजन्य पदार्थ आएपछि टेन्डरमा ढिलाईदेखि अवैध दोहन झन् बढेको पाइन्छ ।

मापदण्ड विपरित नदीजन्यको पदार्थको दोहोन र अवैध रूपमा ओसारपोसार हुने गरेको बाँकेमा बेलाबखत प्रहरीले फेला पार्दा कारवाही समेत गर्दै आएको छ । बाँके जिल्ला अनुगमन समितिले अवैध उत्खननको गुनासो बढेका बेला स्थलगत रूपमै पुगेर अनुगमन समेत गर्दै आएको छ । अवैध रूपमा नदीजन्य पदार्थहरू ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन तथा तोकिएको भन्दा बढी उत्खनन भएको गुनासो आएपछि जिल्ला अनुगमन समिति मान खोलाको अनुगमन गरेर अवस्था बुझेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा मात्रै नदीजन्य पदार्थको अबैध दोहनलाई नियन्त्रण गर्ने प्रयास स्वरूप ५ वटा जेसिबी नियन्त्रणमा लिएको जानकारी दिएको छ । बाँके प्रहरीले ६ वटा टिप्पर समेत गत महिना नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा साधनहरूलाई आवश्यक कारवाहीका सम्बन्धित निकायमा पठाएकोमा १ लाख ४५ हजार जरिवाना असुल भएको जानकारी दिएको छ ।

Exit mobile version