पत्रकार महासंघको निर्वाचन तय

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले शुक्रबार राती ८ बजे निर्वाचन कार्यतालिका प्रकाशन गर्दै असार २२ गते विहान ९ बजेदेखि मतदान तय गरेको हो ।

निर्वाचन समितिका अनुसार, शुक्रबार राती नै मतदाता नामावली प्रकाशित गरिएको छ । मतदाता नामावली उपर दाबी विरोधका लागि असार १० गते विहान १० बजेसम्मका लागि समय दिएको निर्वाचन समितिले असार १२ गते साँझ अन्तिम मतदाता नामावली प्रकाशित गर्ने जनाएको छ ।

त्यस्तै, उम्मेदवारीका लागि असार १३ गते विहान १० बजेदेखि समय दिएको निर्वाचन समितिले उम्मेदवार उपरको दाबी विरोध सकेर असार १५ गते दिउँसो २ बजे अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ । निर्वाचन संयोजक प्राध्यापक चिरञ्जीवि खनाल सहित निर्वाचन समितिले संयुक्त हस्ताक्षर गरी जारी निर्वाचन कार्यतालिकामा आवश्यकता अनुसार केन्द्रीय निर्वाचन समितिले कार्यतालिका फेर्न सक्ने जनाएको छ । यसअघि जेठ २६ गते निर्धारित निर्वाचन सदस्यता विवादले अनिश्चित भएको थियो ।

Exit mobile version