मनाइयो योग दिवस

१० औं अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा बाँकेमा सरकारी र नागरिक स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरि योग दिन मनाइएको छ । योग समिति नेपालले आफ्ना ३० वटा केन्द्र मार्फत ¥याली, योगअभ्यास र कोणसभा गरि योग दिवस मनाएको छ ।

सरकारी स्तरमा मानव जीवनमा योगको महत्वका बारेमा सचेतना फैलाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँके, लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगन्ज र कर्मचारी मिलन केन्द्र बाँकेसंगको समन्वयमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जले बाँकेका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लक्षित गरी एकदिने योग शिविर सञ्चालन गरेको छ । यसैगरि पतन्जली बाँकेले पनि बाँकेको धम्बोजीमा योग अभ्यासका साथ योग दिवस मनाएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । आफु र समाजका लागि योग’ भन्ने मूलनाराका साथ योग दिवस मनाउदै गर्दा नेपाल सरकारले महिला सशक्तिकरणका लागि योग भन्ने मुल नारा तय गरेको छ ।

दैनिक निशुल्क योग कक्षा संचालन गर्दै आएको योग समिति नेपालले आफ्ना ३० वटा केन्द्र मार्फत टोल टोलमा योग दिवस मनाएको जनाएको छ ।

योग दिवसका अवसरमा योग समिति नेपाल गोसाई गाउँ योग ब्यवस्थपन केन्द्रमा प्ले कार्ड प्रर्दशन, योगअभ्यास प्रभात भेली र कोणसभाको आयोजना गरि भब्य रूपमा योग दिवस मनाएको केन्द्रीय प्रतिनिधि योग प्रशिक्षक बसन्त गौतमले जानकारी दिए । गोसाई योग केन्द्रबाट प्रभात भेरी गरि योग सम्बन्धी जनचेतना फैलाउने र योगको महत्व दर्शाउने नाराका साथ योगीमनहरू गोसाईगाउँ, बिद्युत कार्यालय, जिल्ला हुलाक, आदर्श नगरबाट सुर्खेत रोड निस्की संगितमय योगअध्यासका साथ महेन्द्र बहुमुखि क्याम्पस हुदै जिल्ला ट्याफिक कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।
गोसाई योग केन्द्रका अध्यक्ष अनिता श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा योग समिति नेपालका केन्द्रीय सदस्य बसन्त गौतमले मानव स्वास्थ्यको लागी योगको महत्वका रहेकाले यसको सबैले अनुशरण गर्न जरुरी रहेको बताएका थिए । योग दिवसको सान्दर्भिक बारे प्रष्टाउदै योग प्रशिक्षक रहेका वसन्त गौतमले तन, मन र वचन शुद्धताका लागि योगको महत्व रहेको बताए । कार्यक्रममा ट्याफिक कार्यालयका निमिक्त कार्यालय प्रमुख प्रविन आचार्यले मानव जिवनमा योगको महत्व रहेकाले यसको प्रचार प्रशारको जरुरी रहेको बताउनु भयो । अकालमा ज्यान जाने कुरालाई मध्यनजर राख्दै योग अभ्यासीहरूले ट्राफिक नियम पालना गर्नु पर्नेमा आचार्यले जोड दिएका थिए ।

चन्द्रा शर्माले योगले आफ्नो जिवनमा ल्याएको सकारात्मक परिणामका बारेमा आफ्नो अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा सर्योदय सिंह, बिष्णु नकर्मीले ¥यालीमा सहजिकरण गरेका थिए । दिवसको समापन मन्तब्य राख्दै गोसाईगाउँ योग ब्यवस्थपन केन्द्रका अध्यक्ष अनिता श्रेष्ठले शारिरीक र मानसिक रूपमा स्वस्थ रहनका लागि योग जरुरी रहेको भन्दै योग समिति नेपालद्धारा गोसाईगाउँ लगायतका योग केन्द्रमा संचालित निशुल्क योग कक्षामा सहभागिता जनाउन आग्रह गरेकी थिइन् । आफु÷समाजका लागि योग, महिला सशक्तिकरणका लागी योग, सबैका लागि योग सधैंका लागि योग, ‘सर्वाङ्गीण विकासका लागि योग’, मानवताका लागि योग, तन, मन र वचन शुद्धताका लागि योग, स्वस्थ जीवनशैली र सकारात्मक सोचको लागि योग, शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग, स्वयं र समाजका लागि योग लगायतका नारा लेखिएका प्लेकार्ड मार्फत कार्यक्रममा सहभागीहरूले योगको महत्व दर्ताउदै जनचेतना फैलाएका थिए । उल्लेख्य सहभागितामा भएको कार्यक्रमले स्थानीय स्तरमा योगको प्रचार प्रशार र महत्व दर्शाउन मद्धत पुगेको स्थानीय बासी र कार्यक्रममा सहभागीहरूले बताए ।

टोल टोलमा लिडरसिप तयार गरि आमजनसमुदायका योगको महत्व बिस्तार गर्ने प्रमुख उद्देश्यका साथ योग समिति नेपालले ३० वटा योग केन्द्रमा एक साथ योग दिवस मनाएको योग समिति नेपालका अध्यक्ष योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले जानकारी दिए । योग आफैमा भएको शक्ति उजागर गर्ने कला भएकाले यसको बिस्तारमा सरोकारवाला गंभिर बन्नु पर्ने भट्टराईले भनाइ राखे ।
तन, मन र वचन शुद्धताका लागि योगको महत्व रहेकाले आमनागरिकसम्म यसको प्रचार प्रशार र बिस्तार गर्दै लैजानु पर्नेमा योग प्रशिक्षक बसन्त गौतमले जोड दिए ।
कार्यक्रममा योग अध्यास,नृत्य, कविता, आफ्ना अनुभव प्रस्तुत गरिएको थियो । योग समिति नेपालका सदस्य मुकेश नकर्र्मीले संचालन गरेको कार्यक्रममा सहनसिला श्रेष्ठले स्वागत मतब्य राखेकी थिइन् । कार्यक्रममा योग अभ्यासी लेखनाथ लुईटेलले कबिता बाचन गरेका थिए भने योग अभ्यासी

Exit mobile version