नेपालगन्ज वडा नं. १० को वडा भेला

नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वार्षिक योजना तर्जुमा एवं वडा भेला शुक्रबार सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१÷ ०८२ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा सार्वजनिक सनुवाई एवं वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो । भेला नेपालगन्ज विद्युत रोडस्थित आरबी ब्याङ्कीट हलमा संचालन गरिएको थियो ।
वडा सचिव शान्ता घर्तीले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा एक करोड ५ लाख ५० हजारको बजेट सिलिङ नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी गराए । उनले आर्थिक वर्ष २०८०÷०८१मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारेका थिए ।

भेलाको उद्घाटन गर्दै पूर्व प्राध्यापक एवं जेष्ठ नागरिक जनार्दन आचार्यले वडाको विकासको लागि अरूको मुख मात्रै ताक्ने प्रवृति त्याग्नु पर्ने भन्दै सामुहिक हातेमालो गर्न आव्हान गरे । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का अध्यक्ष श्रवण कुमार श्रेष्ठले वजेट कम तर अपेक्षा धेरै भएकाले अनेकन चुनौती पनि रहेको दाबी गरे । उनले स्थानीय माग र आवश्यक्ताअनुसार नै योजनाका काम सम्पन्न गर्ने विश्वास पनि दिलाए ।

वडा सदस्य विना थापामगरले स्वागत गरेको कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले सहभागीका तर्फबाट उठाइएका जिज्ञाशा हल गर्ने प्रयास गरेका थिए । वडा न १० जेष्ठ नागरिक मञ्चका अध्यक्ष केदार प्रसाद घिमिरे, एमाले वडा न १० अध्यक्ष वेवी मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आर्थिक वर्ष २०८१।०८२ को लागि वडा भित्रका टोल विकास संस्था, विद्यालय, क्लव, विभिन्न संघ संस्था र वडाबासीहरूले आफ्नो योजना लिखित तथा मौखिक रूपमा पेश गरेका थिए ।

भेलामा बिशेषतः सडक निर्माण, ग्रावेल, सरसफाई, नाला व्यवस्थापन, शिक्षा,स्वास्थ्य, वत्ती, खानेपानी, लक्षित वर्गका लागि व्यवसायिक दक्षता सम्वन्धी तालिम आदि विषयलाई प्राथमिकतामा राख्न माग गरिएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

Exit mobile version