सञ्चालनमा स्केट हाउस

शनिबारदेखि नेपालगन्ज स्केट हाउस अर्थात् स्केटिङ्ग खेलका ‘इन्डोर स्केटिङ्ग’ सञ्चालनमा आएको छ । सञ्चालक कमल चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडाध्यक्ष गोपाल पुन, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले ‘इन्डोर स्केटिङ्ग’को शुभारम्भ गरेका थिए ।

उद्घाटनको पहिलो दिन शनिबार निःशुल्क स्केटिङ्गको व्यवस्था गरिएको थियो । शनिबार सय बढीले स्केटिङ्ग गरेको स्केट हाउसका सञ्चालक मोहन चन्दले जानकारी दिए । ‘नेपालगन्जमा स्केटिङ्ग खेल्न चाहने टिन एजरहरूको संख्या ठूलै रहेको हाम्रो अनुमान छ’, चन्दले भने, ‘नौलो प्रस्तुति रहेकाले युवाहरूमा समेत यसको क्रेज छ ।’

लक्ष्मीदत्त उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा स्केटिङ्गका लागि एक महिला सहित तीन प्रशिक्षकको व्यवस्था गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

स्केटिङ्ग हाउसमा एक पटकमा ५०÷६० जनाले खेल्न सक्ने आयोजकले जानकारी दिएका छन् ।

Exit mobile version