देशमा आजः ८ बजे ८ खबर

१. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । संसद्मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेकाले संसद्मा जनताको समस्यालाई प्रभावकारी ढंगले प्रस्तुत हुने बताए ।

२. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले १० औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ ।

३. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका हुन् ।

४. कोशी प्रदेशको आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको छ । चार दिनको छलफलपछि शनिबार बसेको प्रदेशसभाको बैठकले विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

५. देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।

६. नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

७. उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै मुलुकको सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।

८. प्रेस सेन्टरले शनिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने बताएकी छिन् ।

Exit mobile version