पालिकामै विद्यार्थी टिकाउँदै जानकी

शम्भु प्रसाद थारु

जानकी गाउँपालिकाले शिक्षामा गुणस्तरियताका लागि अगाडि बढेको छ । चालु आर्थिक बर्ष २०८०÷८१ मा गाउँपालिकाले वडा नम्बर ४ को जानकी माध्यमिक विद्यालयमा कक्षा ११ संञ्चालन गरेको छ । विद्यालयमा बिज्ञान बिषय राखेर कक्षा संञ्चालन गरिएको छ । विद्यार्थीहरू उत्सहाका साथ अध्ययन गरिरहेको छन् ।

जानकी माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्ययनरत् बिद्यार्थी बिद्यार्थी राम चन्दर प्रजापतिले आप्mनै ठाउँको बिद्यालयमा अध्ययन् गर्न पाउँदा धेरै खुसि लागेको बताए । उनले भने, ‘कक्षा १० सम्म जानकीमा नै पढेको हँु, फेरी सोही बिद्यालयमा कक्षा ११ मा पढ्न पाउँदा धेरै सहज भएको छ ।’

विद्यार्थीहरूले पढ्दै आएको बिद्यालयमा कक्षा ११ मा भर्न खुलेपछि टाढाको बिद्यालय जान परेको छैन, कम खर्च र एकदमै न्युनतम शुल्कमा पढ्न पाएकोमा बिद्यार्थीहरू हर्षित भएका छन् ।

जानकी माध्यमिक विद्यालयमा पहिलो शैक्षिक सत्रमा १३ जना बिद्यार्थी अध्ययनरत् छन् । बिद्यालयमा अध्ययनरत् अर्का बिद्यार्थी सरोज गडारियाले आफुले पढ्ने इच्छा गरेको बिषय नै बिद्यालयले पहिलो शैक्षिक सत्रमा अध्ययपन गराउने भएपछि झन् सजिलो भएको बताए । त्यसमा पनि प्रयोगात्मक शिक्षाका लागि ल्याबको व्यवस्था भएपछि पढाईसंगै सिकाई पनि झन् प्रभावकारी भएको उनको भनाइ छ ।

जानकी गाउँपालिकाको कक्षा १२ सम्म पढाई हुने जानकी माध्यमिक बिद्यालय पहिलो बिद्यालय हो । जानकीमा तहमा कक्षा १२ सम्म पढाई हुने बिद्यालय थिएन् । आप्mनै पालिकामा बिद्यार्थीहरूलाई कक्षा १२ सम्म सहज रूपमा शिक्षा प्रदान गर्नका लागि सञ्चालनमा ल्याइएको शिक्षा शाखा प्रमुख भण्डारीले बताइन् । भबिष्यमा पालिका भित्रका सबै माध्यमिक बिद्यालयमा कक्षा १२ सम्म सञ्चालनमा ल्याउने योजना रहेको उनले बताइन् । जानकी माध्यमिक बिद्यालयमा कक्षा १० का सिभिल इन्जिनियरिङ्ग बिषय समेत पढाई हुने गरको छ ।

जानकी गाउँपालिकामा समुदायिक, धार्मिक र संस्थागत गरेर ४० वटा बिद्यालय छन् । जसमध्ये सामुदायिक तर्पm ५ र संस्थागत तर्पm ३ वटा माध्यमिक बिद्यालय छन् भने १५ वटा मदरसा रहेका छन् । जहाँ करिब ११ हजार बिद्यार्थी अध्ययनरत् रहेको शिक्षा शाखाले जनाएको छ ।

जानकी गाउँपालिकाको गौरबको योजना अन्र्तगत वडा नम्बर ३ रहेको बिद्यालयलाई कन्या आधारभुत बिद्यालयमा परिणत गरी संञ्चालनमा ल्याइएको छ । मधेसी र मुस्लिम समुदायका बालिकाहरूलाई माध्यमिक तहसम्म शिक्षा दिने उद्देश्यले गत आर्थिक बर्षबाट कन्या बिद्यालय सञ्चालनमा ल्याइएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले बताए । उनले भने, ‘कन्या बिद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई घरसम्म ल्याउन र पु¥याउनका लागि ६ वटै वडामा निशुल्क बसको व्यवस्था गरिएको छ ।’ बिद्यालयमा आवश्यक भौतिक पुर्वाधारका लागि भवन र शौचालय निर्माणको काम अगाडी बढाइएको छ । यसरी अगामी दिनमा अगामी दिनमा जानकीको
शिक्षाका लागि आवश्यक बजेट बिनियोजन गरी गुणस्तरिय बनाउदै लैजाने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाइ छ ।

कन्या बिद्यालयमा अहिले ३ सय २६ जना बिद्यार्थी छन् । विद्यार्थीहरूका लागि खाजा र छात्रबृत्तिको व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख भण्डारीले बताइन् । कन्या बिद्यालयलाई निकट भविष्यमा माध्यमिक तहसम्म पु¥याउने पालिकाको योजना रहेको उनले बताइन् ।

जानकीको शिक्षालाई गुणस्तरिय बनाउनका लागि गाउँपालिकाले खाली रहेको शिक्षक दरबन्दीमा पदपूर्ति गरी पूरा गरेको छ । गाउँपालिकाबाट समुदायिक र मदरसामा ३७ जना शिक्षा गाउँपालिकाको तर्पmबाट पदपूर्ति गरिएको शिक्षा शाखाले जनाएको छ । जानकीले शिक्षामा गुणस्तरियताका लागि पहिलो प्रथामिकतामा राखेर बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । उनले भने, ‘शिक्षामा गुणस्तरियाताका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छु । सोही अनुसार बजेट बिनियोजन गर्ने गरेको छु ।’ ‘चालु आर्थिक बर्षमा २ करोड २० लाख बजेट बिनियोजन गरियोको थियो’, उनले भने । आउने आर्थिक बर्षमा २ करोड ५० लाख माग भै आएकोले सोही बराबर बजेट बिनियोजन गर्ने अध्यक्ष खाँले बताए ।

गाउँपालिकाको शिक्षामा बिगतको तुलनामा सुधारउन्मुख रहेको छ । बिगतमा शिक्षा कार्यालयले लिर्दैै आएको कक्षा ८ को परिक्षा अहिले पालिकाले नै लिने भएपछि सुधारका लागि थप टेवा पुगेको शिक्षा शाखाले जनाएको छ । पालिकाको शिक्षालाई गुणस्तरियता बनाउनका लागि आउने आर्थिक बर्षमा पञ्च बार्षिय गाउँ शिक्षा योजना बनाएर अगाडी बढ्ने शिक्षा शाखा प्रमुख भण्डारीले बताइन् । पञ्च बर्षिय योजना अन्र्तगत शिक्षामा हामी २०८१ मा कहाँ छौ र ५ बर्षमा हामी कहाँ जाने योजना बनाएर अगाडी बढ्ने योजनामा रहेको उनले बताइन् ।
गाउँपालिकाको शिक्षालाई प्रबिधिमैत्री बनाउनका लागि सबै बिद्यालयमा ईन्टरनेटको व्यवस्था गरिएको छ, भने कम्प्युटर र साइन्स ल्याबको समेत व्यवस्था गरिएको छ । साथै विद्यार्थीको स्वास्थ्यलाई मध्येनजर गरेर बिद्यालयमा शुद्ध खानेपानीको व्यवस्था र महिनावारीका बेला बालिकाले प्रयोग गर्ने
सेनेटरी प्याडको समेत व्यवस्था गरिएको छ ।

Exit mobile version