तयार हुँदै अस्पताल, सञ्चालन चुनौति

जानकी गाउँपालिकाका स्थानीय नागरिकलाई सहज र गुणस्तरिय सेवा दिनका लागि जानकी गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुँदैछ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयको बजेटबाट ११ करोड ४४ लाखमा अस्पताल निर्माण भैरहेको हो । निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भएको स्वास्थ्य शाखाले जनाएको छ । तर स्वास्थ्य मन्त्रालयले निर्माण कम्पनीलाई बजेट नपठाउँदा गएको माघ महिनाबाट निर्माणको काम रोकिएको स्वास्थ्य शाखाले जनाएको छ ।

निर्माणधिन अवस्थामा रहेको १५ शैयाको अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले जानकी गाउँपालिकाले नै अस्पताल सञ्चालन गर्नुपर्ने पत्र पठाएको छ । तर, अस्पताल सञ्चालनका लागि पालिकाले सबै खर्च बेहोर्न परेमा सञ्चालन गर्न निकै चुनौती भोग्नुपर्ने स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले बताए । उनले भने, ‘१५ शैयाको अस्पताल सञ्चालन गर्नका लागि ३ जना डाक्टर सहित परामेडिक्स, नर्सिंङ्ग, ल्याब, रेडियोलोजी, स्विपर, कार्यालय सहयोगी र गार्ड गरी ३४ जना जनशक्ति आवश्यक पर्ने मापदण्ड छ ।’ त्यसका लागि बार्षिक करिब ५ करोड तलब भत्ता तथा करिब डेढ करोड औषधी खर्च सहित आवश्यक सञ्चालन खर्च लाग्ने भएकाले पालिकाले मात्रै अस्पताल सञ्चालन गर्न चुनौती रहेको उनले बताए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलका अनुसार, १५ शैयाको अस्पताल सञ्चालन गर्ने गाउँपालिकाको नै दायित्व हो । त्यसकारण गाउँपालिकाले नै सञ्चालन गर्नु पर्छ । उनले भने, ‘अस्पताल संञ्चालनका लागि सबै भन्दा पहिला अस्पतालको भवन सम्पन्न गर्ने योजनामा छौं । त्यसपछि आवश्यक उपकरणको व्यवस्था र संञ्चालनको कार्यबिधि बनाएर जनशक्ति भर्न गरी अस्पताल संञ्चालन गर्न सकिन्छ ।’ अस्पताल सञ्चालनमा आईसकेपछि बिरामीलाई पुर्ण रूपमा छुट नदिई केही शुल्क लिएर संचालन गरेमा पालिकाबासीलाई धेरै सहज हुने उनले बताए ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले भने, अस्पताल सञ्चालन गर्न पालिकाबासी सबैको माग छ । तर पालिकाले मात्रै अस्पताल सञ्चालन गर्न चुनौती रहेकाले प्रमुख डाक्टर, नर्सहरू संघ र प्रदेश सरकारबाट माग गरेर अस्पताल संञ्चालनका लागि अगाडि बढ्ने उनले बताए ।

१५ शैयाको अस्पताल जानकी गाउँपालिकाको वडा नं. ४ को कार्यालय परिसरमा निर्माण भैरहेको छ । संघिया स्वास्थ्य मन्त्रालयबाट बजेट प्राप्त भएमा आउने आर्थिक बर्षमा अस्पताल निर्माणको काम सम्पन्न हुने देखिन्छ । पालिका भित्र अधिकांस मधेसी, मुस्लिम समुदायको बसोबास गरहेकाले उनीहरूको पायक पर्ने स्थानमा नै अस्पताल निर्माण गर्न लागिएकाले सेवा लिने धरै सहजा हने देखिन्छ । अस्पताल सञ्चालनका लागि सबैले आ आप्mनो ठाउँबाट सहयोग गरेमा सञ्चालन गर्न सहज हुने गाउँपालिकाको आपेक्षा रहेको छ ।

Exit mobile version