आज बजेट र नीति ल्याउँदै स्थानीय तह

अनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । संघीय सरकारको बजेट जेठ १५ र प्रदेश सरकारको बजेट असार १ गते पेश गर्नुपर्ने हुन्छ । यसैका आधारमा स्थानीय तहले बजेटको अंक टुंगो लगाउनुपर्ने हुन्छ ।

स्थानीय तहमा बजेट बनाउने प्रक्रिया भने पुस मसान्तबाटै सुरु हुन्छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश र स्थानीय तहले आगामी आवका लागि आय व्ययको प्रक्षेपणसहित विवरण पुस मसान्तमै अर्थ मन्त्रालयमा पठाउनुपर्छ । त्यसै अनुसार, बाँकेका स्थानीय तहहरू पनि बजेट तथा नीति कार्यक्रमलाई अन्तिम रूप दिएर आज प्रस्तुत गर्ने तयारीमा छन् ।

बाँकेका स्थानीय तहहरूको बजेट चालु आ.व.को भन्दा घटेर आउने देखिन्छ । आन्तरिक स्रोत कमजोर रहेका स्थानीय तह संघ र प्रदेश सरकारले दिने विभिन्न शिर्षकको अनुदानको भरमा हुन्छन् । अघिल्लो आ.व. भन्दा स्थानीय तह आफैले बजेट बनाएर खर्च गर्ने अनुदान कम आएपछि बजेट पनि घटेर प्रस्तुत हुने स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।

बजेट अभावमा बाँकेका स्थानीय तह नयाँ कार्यक्रम ल्याउने भन्दा यसबर्ष पनि पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिएर बढ्ने अवस्था रहेको छ । आइतबार नीति तथा कार्यक्रम ल्याएको खजुराले पुराना योजनालाई पूर्णता दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नेपालगन्ज उपमहानगर–पालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज सोमबार प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेट केही नयाँ योजना रहेपनि अधिकांस पुरानै योजनालाई पूर्णता दिने खालको हुने बताएका छन् । उनले चालु आ.व.को तुलनामा आगामी आ.व.का लागि प्रस्तुत हुने बजेट घटेर आउन सक्ने सम्भावना व्यक्त गरेका छन् । उनले जुंगे महादेव पोखरीमा भैरहेको निर्माण सक्ने र हनुमानको मूर्तिलाई पूर्णता दिन आवश्यक बजेट विनियोजन गर्ने बताए ।

अपांगता क्षेत्र, हरियाली प्रवद्र्धन र योग पनि उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता पाउने उल्लेख गर्दै नगर प्रमुख विष्टले चोक सौन्र्दयीकरण पनि योजनामा रहेको बताएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले अघिल्लो आर्थिक बर्षको तुलनामा वडालाई समेत बजेट घटाएर सिलिंग दिएको एक वडाध्यक्षले बताएका छन् ।

कोहलपुर नगरपालिकाले पनि चालु आ.व.को तुलनामा करिब १० करोड कमको बजेट प्रस्तुत गर्ने तयारीमा रहेको पालिकाका कर्मचारीले बताएका छन् । ‘बजेटको अन्तिम चरणमा छौं, अघिल्लो आ.व.को तुलनामा घट्न सक्छ’, उनले भने । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले पनि बजेटको तयारीमा रहेको बताएका छन् ।

Exit mobile version