खजुराका वडास्तरमै निशुल्क आँखा शिविर

बाँकेको खजुराका वडाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । 

नेपालगन्जथित नेपाल नेत्र ज्योति संघ, फत्ते बाल आँखा अस्पतालले गत पौष २२ गते देखि माघ ३ गते सम्म गाउँपालिकाका सबै वडास्तरमै पुगेर शिविर सञ्चालन गरेको अस्पतालका प्रवन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिए ।

आँखा स्वास्थ्य कार्यक्रम संचालन गरि वडास्तरसम्म आँखा सेवा पुर्याउन खजुरा गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको शिविरमा १ हजार १ सय २७ जना बिरामीहरुले आँखा जांच गराई लभन्वित भएको डा. बर्माले बताए ।

अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकका अनुसार, शिविरमा विरामीका लागि आवश्यक औषधि निशुल्क उपलब्ध गराइएको छ । मोतिया बिन्दु रोगले एउटा आँखाको दृष्टि गुमाएका २ सय ८४ जना बिरामीहरुलाई सहुलियत दरमा आँखा अप्रेशन गराउन फत्ते बाल आँखा अस्पताल नेपालगन्ज जाने सल्लाह दिएको अधिकृत सादिकले बताए । 

फत्ते बाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा. बर्माले आँखा शिविरलाई निरन्तरता दिंदै यहि माघ ७ गते देखि १० गते सम्म बैजनाथ गाउँपालिकको सम्पूर्ण वडाहरुमा निशुल्क आँखा शिविर संचालन गर्न लागिएको बताएका छन् ।

 
Exit mobile version