देशमा आजः ८ बजे ८ खबर

१. राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

२. आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । सोमबार राजपत्रमा प्रकाशित सूचनामा टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने उल्लेख छ ।

३. सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् । काठमाडौंमा बिहीबार नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताएकी हुन् ।

४. महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी थप्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थप गर्ने भएको हो ।

५. राष्ट्रियसभाका सदस्यहरुले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्तावको छलफलको क्रममा उनीहरुले गुनासो गरेका हुन् ।

६. बर्दिया राष्ट्रिय निकुञ्जलगायत मध्यवर्ती क्षेत्रमा हुने मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउन वन्यजन्तु विज्ञहरुसँग छलफल गरिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व नघटेपछि बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको संयुक्त प्रयासमा बाघ, हात्ती, चितुवा, सालक लगायतका वन्यजन्तुका विज्ञसहितको टोलीबीच गरिएको हो ।

७. मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको छ ।

८. मेचीनगर नगरपालिका–३ मा बिहीबार बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो ।

Exit mobile version