आजको मौसम, कहाँ कस्तो ?

नेपालगन्ज । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन प्रकाशन यस्तो जनाएको हो ।

हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै विभागका अनुसार देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Exit mobile version