नेपालगन्जमा आज कहाँकहाँ अवरुद्ध हुँदैछ विद्युत्

नेपालगन्ज । राँझा चोक नजिकैको ३३ केभी लाइन निर्माण कार्यका लागि हवाई फिडर पूणर्तया र एयरपोर्ट फिडरको राँझा आसपासका क्षेत्रमा विद्युत् लाइन अनियमित हुने भएको छ । गर्मीयामको तयारीस्वरुप यहाँका फिडर मर्मत सम्भार गर्न थालेकाले आज विद्युत् अवरुद्ध हुने थालेको हो ।

यहाँ अनुमानित बिहान ११:३० बजेदेखि १७:०० बजेसम्म विद्युत् अवरुद्ध हुने विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ । साथै रामनगर टोलमा कन्डक्टर अपग्रेड कार्यको लागि रामनगरमा रहेको दुई सय केभिए ट्रान्सफर्मरबाट सप्लाई भएका आसपासका क्षेत्रमा अनुमानित बिहान ११:०० बजे देखि  १७:०० बजेसम्म र एल टि लाइनको जिणर् पोल बदली गर्न करिब १ घण्टा प्रहरी गुल्म पछाडी भेरी बोर्डिङ स्कुल आसपासका एरियामा विद्युत् बन्द हुने बताइएको छ । साथै मर्मतको काम तोकिएको समय अगाडिनै सकिएमा लाइन छिटै सुचारु हुने विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

Exit mobile version