‘मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण’

मानव अधिकार र सामाजिक न्यायको अभियानमा मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण रहेको एक अधिकारकर्मीले बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २५ औं स्थापना दिवसका अवसरमा बाँकेमा बाँकेको कोहलपुरमा शनिबार आयोजित कार्यक्रम बोल्ने वक्ताले निरंकुश बिरुद्धको आन्दोलन र देशमा गणतन्त्र, मानव अधिकार र कानूनी शासन, सामाजिक न्यायका लागि एलाइन्सको भूमिका अग्रणी भूमिका रहेको एलाइन्सका पदाधिकारीले बताएका थिए ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २५ औं स्थापना दिवसका अवसरमा बाँकेमा बाँकेको कोहलपुरमा मानव अधिकारकर्मीहरुका लागि अभिमूखिकरणका साथै मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा मानवअधिकार रक्षकको भूमिका तथा राज्यको दायित्व विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

सहकर्मी समाज नेपाल कोहलपुरको सभाकक्षमा नेकपा एमाले बांके जिल्ला कमिटिका सचिव बलराम भट्राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै कमिटिका सचिव बलराम भट्राईले मानव अधिकार एलाइन्सले नागरिक अधिकार संरक्षणका लागी निरन्तर वकालत र पैरवी गर्न जरुरी रहेको बताएका थिए ।

मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालका अध्यक्ष घनश्याम आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानवअधिकार एलाईन्सका केन्द्रीय सदस्य प्रभातकुमार ठकुरी, सहकर्मी समाजका कार्यकारी निर्देशक तथा एलाइन्सका केन्द्रीय सदस्य अम्मरबहादुर ऐर, मानवअधिकार एकाइन्सका लुम्विनी प्रदेश अध्यक्ष अधिवक्ता बसन्त गौतम, एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष कूलबहादुर भट्राई, सहकर्मी समाजका महासचिव दिपकराज भण्डारी लगायतका वक्ताहरुले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा रक्षकको महत्वपुर्ण भुमिका रहेकाले समुदायका नागरिकको आमनागरिकको मानव अधिकार संरक्षणमा मानव अधिकार एलाइन्सले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

जनजागरण समाजका कार्यकारी ब्यवस्थापक तथा एलाइन्स बांकेका सदस्य रामबहादुर पुनले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा एलाइन्स बांके जिल्ला समितिका उपाध्यक्ष लिला पाप्डेले स्वागत गरेकी थिइन भने मानवअधिकार एलाइन्सका कोहलपुर, बैजनाथ, जानकी, तथा डुडुवाका अध्यक्षहरुले आ–आफनो विचार राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल कठिन अवस्थामा स्थापना भएको र बितेका २५ वर्ष सिमान्तकृत समुदायका विभिन्न सवालहरुमा उनीहरुसंगै रहेर नेपालको संघीय लोकतचान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकाससंगै नागरिकहरुको अधिकार र कर्तब्यका विषयमा सचेतना अभियान सफलतापूर्वक सम्पन्न गर्दै आएकोमा स्थापनाका २५ वर्ष पुरा गरेकोमा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य, प्रभात कुमार ठकुरी, केन्द्रिय सदस्य धन बहादुर ऐर, लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता बसन्त गौतमले मानव अधिकार एलाइन्स र मानव अधिकार आन्दोलन, संगठनात्मक ठाँचा, मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा मानव अधिकार एलाइन्सको भूमिका लगायत मानव अधिकारका विभिन्न सवालमा अभिमूखिकरण दिएका थिए ।

आगामी दिनमा मानव अधिकार एलाइन्सले गर्ने कार्यहरुको योजना निर्माण पालिका स्तरमानै गर्ने र मानव अधिकार एलाइन्सका २६ औ स्थापना दिवको जिम्मेवारी जानकी गाउँपालिकाले लिने घोषणा गरेको जिल्ला अध्यक्ष घनश्याम आचार्यले जानकारी दिए ।

Exit mobile version