हालसम्म गण्डकी, लुम्बिनी र सुदुरपश्चिम, कर्णाली, मधेश प्रदेश पूर्णखोप प्रदेश घोषणा भएका छन् । लुम्बिनीको बाँकेलाई २०७१ पहिलो पटक र दोस्रो पटक २०७९ तथा २०८१ असार २९ गते शनिबार तेस्रो पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोपणा गरिएको छ ।
बाँकेका आठ पालिकामा २ सय ८९ खोप क्लिनिक र ३ सय १७ खोप सेसनहरू सञ्चालन गरी पूर्ण खोपको सुनिश्चितता गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले लुम्बिनी प्रदेशमा सबै स्वास्थ्य, शिक्षा लगायतका सबै समस्या लुम्बिनी प्रदेशमा भएको हँुदा यस्ता समस्याहरूलाई न्यूनीकरणका लागि सबैको उत्तिकै भूमिका र जिम्मेवारी रहने बताउँदै भने, ‘बाँकेलाई पूर्ण खोपको घोषणा गर्दै गर्दा लुम्बिनी प्रदेशमा मातृमृत्युदर बढी भएको, शिशु मृत्युदर पनि बढी भएको अवस्थामा २१ औ शताब्दीमा आएर खोपका लागि जनता सहभागिता गराउन नै समस्या आउनु हाम्रो स्थिति कस्तो अवस्थामा छ भन्ने कुरा देखाउँछ, अतः अबका दिनमा स्वास्थ्य क्षेत्रको समस्यालाई न्यूनीकरण गर्नका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट भूमिका र जिम्मेवारी निभाउनु पर्ने हुन्छ ।’
यसैगरी बाँके जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर चौधरीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणामा स्वास्थ्य क्षेत्र लगायतका सबैको भुमिकाको प्रशंसा गर्दै भने, ‘हामीले पहिलो जानकी गाउँपालिकालाई पालिका स्तरीय पूर्णखोप पालिका घोषणा गर्न सफल भएको थियौं, अनि विस्तारै जिल्लालाई नै पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्न सफल भएका छौ ।’
कुनै पनि जनप्रतिनिधिहरूको उपस्थिति नदेख्दा समन्वय समितिका अध्यक्ष चौधरीले जनप्रतिनिधि भन्दा पनि स्वास्थ्यकर्मीहरूको योगदान उच्च भएको बताउँदै भने, ‘कार्यक्रममा जनप्रतिनिधि कोही पनि उपस्थिति नभएको देखिरहेको छु त्यसलाई पनि स्वास्थ्यकर्मीहरू नै स्वास्थ्य मन्त्री हो ।’
यसैगरी जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले पूर्णखोप दिगोपना सुनश्चितता घोषणा गर्नु भनेको धेरै रोगहरूबाट बच्नु भएको बताउँदै भने, ‘जिल्लालाई पूर्णखोपको रूपमा घोषणा गर्दै गर्दा भविष्यका पुस्ताहरूलाई रोगबाट बचाउन सहयोग गर्नु पनि हो, अहिले पनि खोप किन र के का लागि भन्ने प्रश्न जनसमुदायमा रहेको हुँदा हामीले पालिका, जिल्लालाई पूर्णखोप जस्ता कार्यक्रमहरू आयोजना गर्दै अगाडि बढिरहेका छौ ।’
स्वास्थ्य निर्देशनालयका कार्यक्रम फोकल प्रसन कुमार रानाले भने, ‘खोप लगाउन छुटेका बच्चाहरूलाई २ वा ५ वर्षमा खोप प्रदान गरिंदै आएको छ, लुम्बिनी प्रदेशमा बर्षेनी ९० हजार जन्मिने गर्छन्, जसमा हाम्रो खोप कार्यक्रमहरू नियमित रूपमा हुँदै आएको छ ।’
यसैगरी भेरी अस्पताल प्रमुख नर्सिङ प्रशासन दुर्गा लक्ष्मी श्रेष्ठ विष्टले पूर्णखोप घोषणा गर्दै गर्दा निःशुल्क दिइने खोपलाई प्रदान गर्ने विषयमा अझै पनि समुदाय स्तरमा चेतनाको अभाव भएको देखिने बताउँदै भनिन्, ‘खोप प्रदान गर्ने विषय त्यति सजिलो छैन, चेतनाको स्तर कस्तो छ भन्ने पनि देखिन्छ, जनतालाई खोपका विषयमा चेतना जगाउन जरुरी छ यसका लागि हामीले हाम्रो नितिगत विषयमा अझै ध्यान दिनु पर्ने देखिन्छ ।’
बाँकेका स्थानीय तह स्वास्थ्य साखा प्रमुखको तर्फबाट बोल्दै जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले पूर्ण खोप अभियान थालिनी भएको अवस्थामा यसले निकै आरोहअवरोह पार गरेको बताउँदै भने, ‘अहिले १३ वटा खोपहरू निःशुल्क लगाउने गरिएको छ, कुनै पनि बालबालिका १३ वटा रोग विरुद्धका खोपबाट बञ्चित हुनु हुँदैन ।’
कार्यक्रममा स्वमसेविकाहरूको तर्फबाट मन्तव्य दिदै नेपालगन्जमा उपमहानगरपालिका स्वयंसेविका प्रेमा शाहीले महिला स्वयम सेविकाहरूले दिदै आएको सेवाको तुलनामा स्वम सेविकाहरूले पाउने सेवासुविधा बताउँदै भनिन्, ‘स्वयंसेविकाहरूको कामको कुनै समय हुँदैन जतिवेला जुनसुकै अवस्थामा तैनाथ रहनु पर्ने हुन्छ तर यसको तुलनामा पाउने सेवा सुविधा खासै चित्तबुझ्दो भएको पाइँदैन, यसतर्फ सबैको ध्यान गएको देखिदैन ।’
कार्यक्रममा सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई मायाको चिनो प्रदान गरिएको थियो भने खोपका क्षेत्रमा उत्कृष्ट काम गरेको उपलक्ष्यमा आठ पालिकाका एक÷एक जना स्वयंसेविकाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान पत्र पाउनेहरूमा राप्ती सोनारी गाउँपालिका, महादेवपुरी स्वास्थ्य चौकीबाट रिमन्ता शर्मा, डुडुवा गाउँपालिका कम्दी स्वास्थ्यचौकीबाट खगेन्द्र शर्मा, बैजनाथ गाउँपालिका टिटिहिरिया स्वास्थ्य चौकीबाट उदय कुमार विष्ट, कोहलपुर नगरपालिका कोहलपुर नगर अस्पतालबाट उषादेवि सापकोटा, नरैनापुर गाउपालिका मटेनिया स्वास्थ्य चौकीबाट कमला ससेरा,जानकी गाउँपालिका खजुराखुर्द स्वास्थ्य चौकीबाट सावित्री देवकोटा, खजुरा गाउँपालिका उढरापु स्वास्थ्यचौकीबाट सिता थापा र नेपालगन्ज उपमहानगरपालिका पुरैना स्वास्थ्य चौकीबाट गोमा आचार्य सम्मानित भएको थिए ।
नेपालमा वि.स.२०६९ सालबाट पूर्णखोप अभियान कार्यक्रमको सुरुवात गरिएको हो ।यो अभियान लुम्बिनी प्रदेशबाट नै सुरु भएको हो । पूर्णखोपको अवस्थालाई चित्रण गर्दा नौ वटा खोपलाई १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पुरा गरेको हुनु पर्दछ । बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको स्रोत अनुसार ६ लाख २२ हजार ३ सय ४५ रहेको छ भने १ वर्ष मुनिको जनसंख्या १० हजार ६ सय ७२, १२ देखि २३ महिनाको जनसंख्या १० हजार ४ सय दुई रहेको छ भने अपेक्षित गर्भवति ११ हजार ७२ रहेको छ ।
निकै कम भएको