नेपालगन्ज : प्रतिबन्धित औषधी सहित दुई पक्राउ

प्रहरीले भारतबाट प्रतिबन्धित औषधी लिएर आएको फेला पारेपछि दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेका छोटेलाल थारु र त्यसमा सवार भुन्सी थारुलाई प्रतिबन्धित औषधी सहित फेला पारेको भन्दै नियन्त्रणमा लिएको हो ।

भे.१० प २२५८ नम्बरको मोटरसाइकलमा रुपैडिहाबाट आएका उनीहरुसँग Vocet नामक औषधी १ हजार पिस र Nimesulide Tablets औषधी १ हजार पिस फेला पारेको थियो ।

प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग नेपालगन्जमा पठाएको जानकारी दिएको छ ।

Exit mobile version