सरकारले गत आ.व.मा बाँकेमा सामाजिक सुरक्षा भन्दा झण्डै दुई अर्ब निकासा गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका अन्ुसार, आर्थिक बर्ष २०८०÷०८१ मा बाँके आठ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ताका लागि १ अर्ब ८० करोड १३ लाख ३१ हजार ३ सय १३ रूपैयाँ बजेट आएको थियो । जसमध्ये १ अर्ब ८० करोड ७ लाख ३५ हजार ५ सय १६ रूपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहन शरण भण्डारीले जानकारी दिएका छन् ।
बाँकेमा सबै भन्दा बढी सामाजिक सुरक्षा भत्ता नेपालगन्ज उपमहानगरपालिकाले वितरण गर्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिकामा गत बर्ष सामाजिक सुरक्षा भत्ता वितरणका लागि ४३ करोड १० लाख २४ हजार ८१ रूपैयाँ निकासा भएको थियो ।
कोलेनिका बाँकेका अनुसार, बाँकेको कोहलपुर नगरपालिकामा २५ करोड ५ लाख ६४ हजार ९ सय ८, खजुरा गाउँपालिकामा २३ करोड ६६ लाख ९५ हजार ८ सय ५८ निकासा भएको थियो ।
त्यस्तै, जानकी गाउँपालिकामा १५ करोड ४४ लाख ४४ हजार ४ सय ४२ रूपैयाँ, डुडुवा गाउँपालिकामा १४ करोड ९७ लाख ५७ हजार १ सय ८४ रूपैयाँ, नरैनापुरमा १२ करोड ४६ लाख १६ हजार ९ सय ६० रूपैयाँ निकासी भएको कोलेनिकाको तथ्यांक रहेको छ ।
गत आ.व.मा बैजनाथ गाउँपालिकामा २४ करोड ५ हजार ५ सय ४३, राप्तीसोनारी गाउँपालिकामा २१ करोड ३६ लाख २६ हजार ५ सय ३८ रूपैयाँ निकासा भएको थियो ।