दाउरा लिन गएका किशोर बेपत्ता

डुडुवा रामनगरका किशोर १७ दिनदेखि बेपत्ता भएका छन् । १७ दिनअघि राप्ती सतीघाटमा दाउरा लिन गएका १५ बर्षीय किशोर भोला भन्ने रामु केवट घर नफर्किएका हुन् । परिवार स्रोतका अनुसार, छिमेकी भारत मालीको ट्रयाक्टरमा दाउरा लिन गएका किशोर सतिघाट बाटै बेपत्ता भए ।

बाँके प्रहरीले उनको खोजीमा परिवारले दिएको निवेदनको आधारमा सम्भावित ठाउँहरूमा खोजी अनुसन्धान गरिरहेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले धेरै दिनदेखि खोजी कार्यभैरहेपनि किशोर फेला नपरेका कारण परिवारले गरेको आशंका तर्फ पनि अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

राती ८ बजे दाउरा लिन छिमेकीको ट्याक्टरमा बसेर राप्ती सतीघाट गएका ती किशोर १२ बजे ट्याक्टर फर्किदा पनि सँगै नदेखिएपछि परिवारले रातभरी खोजीकार्यमा गाउँलेहरू जुटेको बताएको छ । ‘तर कहीँकतै भेटिएन’, बाबु रामबियावन केवटले भने । उनका दुई मध्ये ठूलो छोरा रामु हराएपछि परिवारमा शोक छाएको छ ।

Exit mobile version