कोषद्वारा एक हजार करोड बढी दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले स्थापनादेखि हालसम्म १ हजार करोड भन्दा बढी दाबी भुक्तानी गरेको छ । कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार, हालसम्म कोषले हालसम्मको १ हजार १४.८६ करोड दाबी भुक्तानी गरेको हो ।

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम २०६७ साल चैत्र ७ गते भएको हो । कोषले स्थापनाकाल देखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम कार्य गर्दै आएको छ ।

सामाजिक सुरक्षा कोष श्रमिकको हितमा ठूलै अपेक्षित सहित सुरु भएपनि त्यसमा अपेक्षित रूपमा रोजगारदाता र श्रमिक भने सूचिकृत भएको पाइँदैन । ‘कोषमा सहभागिता बाध्यकारी नहुँदा अपेक्षा गरे अनुसारको परिणाम नआएको हो’, श्रमिक अगुवा भन्छन्, ‘कानुन बनाएर नै कोषमा सहभागी बनाउन बाध्यकारी व्यवस्था गरिनु पर्दछ ।’

श्रमिकहरूको हितमा रहेको सामाजिक सुरक्षा योजना कार्यान्वयन तहमा निकै उदासिनता देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा योजना लागु गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साल साउन १ गतेदेखि रकम संकलन हुन थालेको थियो ।

निकै तामझामका साथ घोषणा गरिएको सामाजिक सुरक्षा योजनामा संलग्न हुन रोजगारदातालाई बाध्यकारी नहुँदा त्यसमा सहभागिता निकै न्यून भएको श्रमिक क्षेत्रका अगुवाहरू बताउँछन् ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक गणना २०७५’ को नतिजा अनुसार, नेपालमा ९ लाख २३ हजारभन्दा बढी औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन् । तर, त्यसको तुलनामा समाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिष्ठानहरूको संख्या भने पनि न्यून रहेको छ ।

सामाजिक सुरक्षा कोषलाई बाध्यकारी नबनाउँदा पनि यसमा सहभागिता न्यून हुने गरेको हो ।

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार हालसम्म १९ हजार ३ सय रोजगारदाता सूचिकृत भएका छन् । जसमा १५ लाख २९ हजार ३१ जना सूचिकृत योगदानकर्ता रहेका छन् ।

हालसम्म कोषमा ६ हजार २ सय ४१.८३ करोड योगदान भएको छ ।

कोषले श्रमिकका धेरै जोखिम बहन गर्ने गरेको छ । हालसम्म सूचिकृत भएका धेरैले यसको लाभ पाइसकेका छन् ।

साउन १८ गतेसम्मको आद्यावधि सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार,

Exit mobile version