नाइसको नेतृत्वमा भट्ट निर्वाचित

नाइस नेपालगन्जको आगामी नेतृत्वमा हेमराज भट्ट निर्वाचित भएका छन् ।

आइतवार भएको अधिवेशनले उनलाई सर्वसम्मत पुनः अध्यक्ष निर्वाचित गरेको हो ।

तेस्रो अधिबेशनले अध्यक्ष भट्ट सहित सबै कार्यसमिति सर्वसम्मत चयन गरेको बताइएको छ ।

कार्यसमितिको उपाध्यक्षमा शोभा थापामगर, सचिवमा कमल शाही, सह सचिवमा माधब कुमार कार्की र कोषाध्यक्षमा राष्टि बुढा मगर छन् ।

त्यस्तै, सदस्यमा क्रमशः मन भण्डारी, तपेन्द्र बहादुर मलाती, शुद्ध प्रसाद चौधरी, रमिता शाह, लोक बहादुर घर्ती, जानकी बिक, सुमन पनेरु र मिना घर्ती मगर रहेका छन् । नव निर्वाचित समितिले आइतवारनै नै आफ्नो पद तथा गोपनियताको सपथ लिएर जिम्मेवारी सम्हालेको अध्यक्ष भट्टले जानकारी दिए ।

Exit mobile version