एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

 नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले हेलिकप्टर दुर्घटनामा परेको र थप जानकारी आइनसकेको जानकारी दिनुभयो । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । “स्थानीय र नजिकको प्रहरी चौकीबाट गएका सुरक्षाकर्मीले उद्धार तथा आगो निभाउने प्रयास गरिरहेका छन्”, उहाँल भन्नुभयो ।

Exit mobile version