आज नेपालगन्जको तापक्रम कति ?

नेपालगन्ज । पश्चिम वायुको प्रभावका कारण आज पनि बाँकेलगायत पश्चिम तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । नेपालगन्ज आसपासका क्षेत्रमा बिहान शीतलहरसमेत चलेको थियो ।

शीतलहरसँगै चिसो हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगन्जको आजको न्यूनतम र अधिकतम तापक्रम बराबर देखिएको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार न्यूनतम र अधिकतम तापक्रम १० डिग्री सेल्सियस छ । हिजो यहाँको तापक्रम ९ डिग्री सेल्यिसमा झरेको थियो ।

Exit mobile version