जेलबाट झिकाएर शर्मासँग सोधपुछ

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मासँग शनिबार सोधपुछ गरेको छ ।

नख्खु जेलमा रहेका उनलाई समितिको कार्यविधि अनुसार जेलबाट झिकाएर सोधपुछ गरिएको हो ।

समितिको शनिबार बसेको बैठकमा विशेष समितिको कार्यविधि अनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्मासँग सोधपुछ गरिएको समिति सचिवालयले जनाएको छ ।

शिव शिखर सहकारीको १४ अर्ब भन्दा बढि रकम हिनामिनामा दोषी ठहर भएपनि शर्मा जेल चलान भएका हुन् ।

Exit mobile version