इ–रिक्सा आन्दोलित

oplus_0

इरिक्सा व्यवसायी तथा सञ्चालकहरू नेपालगन्ज उपमहानगरपालिका विरुद्ध आन्दोलित भएका छन् । इ–रिक्साका सवालमा विभिन्न माग उठाउँदै उनीहरूले आइतबार दिउँसो उपमहानगरपालिका घेराउ गरेका थिए ।

इरिक्सा चालकहरूले नविकरणमा शुल्क चर्को भएको, नविकरण बन्द गरिएको, जमुनाहमा सरकारी जग्गामा पार्किङ्ग गर्दा रकम असुलिएको लगायतको विरोध गर्दै उपमहानगरपालिका अगाडि आइतबार प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरूले केहीबेर सडक समेत अवरुद्ध गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष सराफतहुसेन शेषले शुक्रबार बोर्ड बैठक हुने र त्यसमा इरिक्सा चालक तथा सञ्चालकले राखेको माग उठाउने तथा सोही बेला दबाब दिन आव्हान गरेपछि आइतबार आन्दोलन स्थागित गरिएको थियो । नेपाल इरिक्सा संघर्ष समितिका नाममा संगठित उनीहरूले आज सोमबार पुनः नेपालगन्ज उपमहानगरपालिका बाहिर धर्ना, प्रदर्शन गर्ने बताएका छन् ।

Exit mobile version