सुरफाईयुक्त नमुना टोल बनाउने अभियानमा ढपाली टोल

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ ढपाली टोललाई पूर्ण सरसफाईयुक्त नमुना टोल बनाउने टोल बासिहरुले प्रतिबद्धता गरेका छन् ।

युरोपियन युनियनको सहयोग, रेसटलेस डेभलपमेन्ट नेपाल, क्रियशन, यूथ इनोभेसन ल्यावको समन्वय र नेपालगन्ज उपमहानगरपालिका र वडा नम्बर ९ को सहकार्यमा नाईस नेपालगन्जले बातावरण संरक्षण सम्बन्धी समुदाय स्तरीय अभिमुखिकरणका क्रममा उक्त टोललाई पूर्ण सरसफाई युक्त नमुना टोल बनाउन लाग्ने प्रतिबद्धता गरेका हुन् ।

अभिमुखिकरणको क्रममा भएको छलफलमा बोल्दै स्थानीयहरुले पछाडी परेको टोलालाई सबै मिलेर नमुना बनाउने बताए । उनीहरुले टोलमा उत्पादन हुने फोहोरलाई समयमा नै ब्यवस्थापन गर्ने, सरसफाई अभियान सञ्चालन गर्ने तथा सरसफाई सम्बन्धी घरघरमा गई सचेतना अभिबृद्धी गर्ने बताएका छन् । सबैको सहयोग रहेमा टोललाई नमुना सरसफाईयुक्त टोल बनाउन सफल हुने भन्दै सबै सरोकारवालाहरुलाई उक्त अभियानमा सहयोग गर्न समेत उनीहरुले अनुरोध गरे ।

कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मीले वडाको मुख्य केन्द्रमा रहेको उक्त टोललाई नमुना टोल बनाउन वडा कार्यालयले पूर्ण सहयोग गर्ने बताए । स्थानीयहरुको अग्रसरताले उत्साह थपेको बताउदै अध्यक्ष रेग्मीले आवश्यकता अनुसार टोल सरसफाई र सुन्दरताका लागि काम गर्ने प्रतिबद्धता गरे । सो क्रममा बोल्दै शिब सन्तोषी टोल बिकास समिति संयोजक अम्बीका कोईरालाले सबै टोलबासिहरुले नमुना टोल बनाउने अभियानमा सहयोग गर्न अनुरोध गरिन् । उनले टोल विकास समितिले पूर्ण रुपमा काम गर्ने प्रतिबद्धता गरिन । कार्यक्रममा बोल्दै नेपालगन्ज उमपहानगरपालिका अन्तरगत फोहोर मैला ब्यवस्थापनमा वडा नम्बर ९ का कार्यरत संस्था सर्मपण नेपालका अध्यक्ष मोहनलाल सोनखरले सरसफाई युक्त टोल बनाउने तर्फ अग्रसर हुनु खुसीको कुरा भएको भन्दै आवश्यकता अनुसार सबै सहयोग गर्न संस्था तयार रहेको बताए । पूर्ण सरसफाई युक्त नमुना टोलका लागि छिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्सीय समिति गठन गरिएको छ । सुन्दर नेपालगन्जका लागि युवा पैरबी कार्यक्रम अन्तरगत भएको समुदाय स्तरीय अभिमुखिकरणमा नेपालगन्ज उपमहानगरपालिकामा फोहोर मैला ब्यवस्थापनमा भईरहेका कार्यहरु, वातावरण संरक्षणका उपायहरु, फोहार मैला ब्यवस्थापनमा ब्यक्ति तथा टोल विकास समितिहरुले गर्न सक्ने कार्यहरु लगायतका बिषयमा नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले अभिमुखिकरण गरेका थिए । नाईस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले सजिकरण गरेको कार्यक्रममा वडा अध्यक्ष गोबिन्द रेग्मी, वडा सदस्यहरु, शिब सन्तोषि टोल विकास समिति संयोजक अम्बीका कोईराला, सर्मपण नेपालका अध्यक्ष मोहनलाल सोनखर लगायतको उपस्थिती रहेको थियो ।

अभिमुखिकरण टोलको २ स्थानमा सम्पन्न गरेको हो ।

Exit mobile version