देशमा आजः ८ बजे ८ खबर

  1. प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजश्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको बताए ।
  2. रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको बारेमा सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ । स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो ।
  3. रुकुम पूर्वमा जिल्ला आवागमन हुने मुख्यसडक मर्मत गर्न सरोकारवालाले ध्यान नदिएको भन्दै यातायात व्यावसायीहरूले यातायात बन्द गरेर प्रशासन कार्यालय घेराउ गरेका छन् । कार्यालयको मूलगेट अगाडि सवारी साधन रोकी उनीहरु विरोधमा उत्रिएका हुन् ।
  4. भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षाका कारण अवरुद्ध भएका राजमार्ग दुई घण्टाभित्र सञ्चालन गराउने गरी आवश्यक जनशक्ति परिचालन गरिएको बताएका छन् ।
  5. सरकारी सेवामा प्रवेश गर्दा शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा अख्तियारले कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत सिनियर अनमी सरस्वती वली र स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेब हिमा डुम्रे न्यौपानेविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  6. बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
  7. संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
  8. प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो ।
Exit mobile version