नेपालगन्जमा चोरी गर्ने तीनजना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी आरोपमा तीनजनालाई पक्राउ गरेको छ । नेपालगन्ज-१५ का २९ वर्षीय गुड्डु जसगढ, २२ नम्बर वडाका २६ वर्षीय हकिकत अली किङ्गरिया र १४ नम्बर वडाका २८ वर्षीय राजु जसगढलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार दिउसो नेपालगन्ज-९ बाट ई-रिक्सा तार काटी चोरी गर्दै गुड्डुलाई औजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । त्यस्तै शुक्रबार दिउसो नेपालगन्ज १२ मेडिकल कलेजमा उपचार गर्न आएका बिरामीका कुरुवाको मोबाइल चोरी गरी भाग्ने बेला हकिकत प्रकाउ परेका छन् । राजुलाई भने नेपालगन्ज-१० भृकुटी नगरबाट पार्किङ गरी राखेको ने१ह १०३६ नम्बरको ई-रिक्सा चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Exit mobile version