परिवारमूलि महिला बढ्दै

नेपालमा परिवारमूलि महिला बढ्दै गएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, दुई दशकमा परिवारमूलि महिलाको प्रतिशत ह्वात्तै वृद्धि भएको छ ।

तथ्यांक कार्यालयका अनुसार, वि.सं. २०५८ सालको जनगणनामा १४.८७ प्रतिशत परिवारमूलि महिला रहेपनि त्यो प्रतिशत २०६८ को जनगणनामा २५.७३ र २०७८ को जनगणनामा ३१.५५ प्रतिशत पुगेको हो ।

२०७८ को जनगणना अनुसार महिला परिवारमूलिको संख्या २१ लाख ०३ हजार २ सय ७८ रहेको छ ।

नेपालमा ६६ लाख ६६ हजार ९ सय ३७ घरपरिवार रहेकोमा महिला नेतृत्व रहेको परिवारको संख्या त्यसको ३१.५५ प्रतिशत रहेको छ ।

Exit mobile version