दिदी बहिनी समाजमा शाहको नेतृत्व

महिलाहरुको हक, हितका लागि क्रियाशिल गैर सरकारी संस्था दिदि बहिनी समाज, बाँकेको दोश्रो अधिबेशन तथा तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२०७८ फाल्गुण १२ गते स्थापना भएको उक्त संस्थाको दोश्रो अधिबेशन तथा तेस्रो बार्षिक साधारण सभा नेपालगञ्जमा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले महिला हक अधिकारका लागि हालको परिवर्तित अवस्थामा पनि लड्नु पर्ने अवस्था आउनु बिडम्वना भएको बताइन् ।

उनले आधा आकाश ओगटेका महिलाहरुका पक्षमा तीन तहकै सरकार गम्भिर बन्नु पर्ने बताइन् । प्रमुख अतिथी श्रेष्ठले दिदि बहिनी समाज बाँकेले महिला हिंसा पीडित महिलाहरुको हक, हितका लागि उल्लेख्य कार्य गर्दै आएको भन्दै संस्थाको प्रशंसा गरिन् ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य माननीय अम्विका काफ्लेले महिलाहरुको अधिकारका पक्षमा मात्रै केन्द्रीत भएर संस्था अघि बढ्नु चुनौतीपूर्ण कार्य हुँदा, हुँदै दिदी बहिनी समाज बाँके सक्रिय भएर कार्य गर्नु प्रशंसनिय कार्य भएको बताईन् ।

संस्थाकी अध्यक्ष रमादेवि शाहको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाकी सह–सचिव मुना बिष्टले स्वागत मन्तव्य व्यक्त गरेकि थिइन् । संस्थाकी सचिव लुना बुढाथोकीले प्रगति प्रतिबेदन प्रश्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष कमला वलीले आर्थिक प्रतिबेदन प्रश्तुत गरेकि थिइन् ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, बाँके शाखा अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, सन् नेपाल लाईफ ईन्स्योरेन्स नेपालगञ्जका प्रमुख कमल शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा युवा घरका अध्यक्ष मन भण्डारी, नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, बास नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका आजिवन सदस्य, साधारण सदस्य लगायत ६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन संस्थाकी अध्यक्ष रमादेबि शाहले गरेकी थिइन् ।

दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा शाह
संस्थाको दोश्रो अधिबेशनबाट रमा देबि शाह पुनः अध्यक्षमा सर्बसम्मत चयन भएकि
छन् ।

संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः दिला शाह, लुना बुढाथोकी, मुना बिष्ट र कमला वली क्षेत्रीसर्बसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः पार्वती कडायत, बसन्ती रोकाय, शिबा शाह, जानकी के.सी., पूर्णिमा हमाल र कृष्णा श्रेष्ठ सर्बसम्मत चयन भएका छन् ।

निर्वाचनमा निर्वाचन समिति संयोजकको जिम्मेवारी बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले बहन गरेका थिए भने नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट र सन् लाईफ ईन्स्योरेन्स नेपालगञ्जका प्रमुख कमल शाहीले निर्वाचन समिति सदस्यको जिम्मेवारी बहन गरेका थिए ।

Exit mobile version