एकल नृत्यको उपाधी मनिषालाई

हरितालिका तिजको अवसरमा आयोजित तिज उत्सव तथा खुला एकल तिज नृत्य प्रतियोगिताको उपाधि मनिषा परियारले हात पारेकी छिन् ।

बास नेपालको आयोजनामा भएको प्रतियोगितामा २६ जना प्रतियोगिलाई पछि पार्दै परियारले प्रथम स्थान हासिल गरेकी हुन् । प्रथम स्थान हासिल गरेसँगै उनले नगद ३० हजार, प्रमाण पत्र र ट्रफि हासिल गरेका छन् । यसैगरी द्वितिय स्थान सुदिक्षा घर्ति मगरले हासिल गरेकी छन् भने तृतीय स्थान प्रतिभा बैगारले प्राप्त गरेकी छिन् । प्रतियोगितामा द्वितिय स्थान हासिल गर्न सफल सुद्धिक्षाले नगद २० हजार, प्रमाण पत्र र ट्रफि र तृतीय स्थान हासिल गर्न सफल प्रतिभाले नगद १० हजार, प्रमाण पत्र र ट्रफि हासिल गरेकी छिन् ।

यसैगरी प्रतियोगितामा उत्प्रेरणा पुरस्कार मिरा खनालले हासिल गरेकी छिन् । खनालले नगद ५ हजार प्राप्त गरेकी छिन् । तिज प्रतियोगितामा पुरस्कार प्राप्त गर्न सफल प्रतियोगिहरूलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरूले पुरस्कार वितरण गरेका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले महिलाहरूको महान पर्व हरितालिका तिजले महिलाहरूमा उत्साह थप्ने बताईन् । उनले सभ्य रूपमा हरितालिका तिजलाई मनाउन सबै महिलाहरूलाई अनुरोध गरिन् ।

बास नेपालका केन्द्रीय सचिब दिला शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा उद्देश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले गरेकी थिइन् । प्रतियोगितामा निर्णायकको भूमिकामा मौसमी राना मगर, सुमन थापा र सीमा धिमालले गरेकी थिइन् । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए । कार्यक्रममा युवा उद्धमी राज कुमार गिरी, बासका पूर्ब केन्द्रीय सदस्य रिता कोईराला, किंगस एजुकेशनल कन्सल्टेन्सी प्रालिका प्रमुख खगेन्द्र वली, सनराईज एकेडेमी अफ हस्पीटालिटि एण्ड म्यानेजमेन्टका प्रमुख रमेश खनाल, गायक बलु तामांग लगायतले बोलेका थिए ।

Exit mobile version