- धनगढीमा विभिन्न कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री रमेश लेखकले प्रहरीसम्बन्धी नयाँ कानुन निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । विभिन्न समयमा संशोधन हुँदै आएको २०१२ सालको प्रहरी ऐन पर्याप्त नभएको उनले बताए ।
- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन् । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरे ।
- अविरल वर्षाले खोटाङका अधिकांश सडक अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्गलगायत ग्रामीण सडकहरू बिहीबार बिहानदेखि अवरुद्ध भएका हुन् ।
- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लैंगिक समानताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताएका छन् ।लैंगिक समावेशीकरणसम्बन्धी काठमाडौंमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले लैंगिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताए ।
- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल अगाडि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका अनुसार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ जति सक्दो छिटो पास गराउने सरकारको चाहना छ ।
- कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लब विरुद्ध २-१ को पुनरागमन जित निकालेको हो ।
- नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियानको घोषणा गरेको छ । केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेको छ ।
- बजेट पारित भएपछि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गते बस्ने भएको छ । असार १७ गते स्थगित भएको बैठक २६ गतेका लागि बोलाइएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
देशमा आजः ८ बजे ८ खबर
![](https://dainiknepalgunj.com/wp-content/uploads/2024/09/nepali-2.jpg?v=1725557061)