सकियो आदर्श ‘स्पोर्ट्स वीक’, ग्रीन हाउसलाई उपाधी

विद्यार्थीहरूलाई खेलकुदसँग जोड्न नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको ‘स्पोर्ट्स वीक’ शुक्रवार सकिएको छ ।
प्रतियोगितात्मक खेलको अन्तिम परिणाममा ग्रीन हाउसले उपाधी जितेको छ भने एलो हाउस रनरअप भएको विद्यालयले जनाएको छ । तेस्रो दिन शुक्रवार विभिन्न विधामा उत्कृष्टता हासिल गरेका प्रतिष्पर्धी विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य विरभान केसीले पुरस्कार प्रदान गरे ।


आदर्शका सहायक प्राचार्य टंक गौतमले पाठ्यक्रममा आधारित नियमित अध्यापनसंगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूको लगाब प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरूपमा ’स्पोर्ट्स वीक’ गर्दै आएको बताए ।
त्यसक्रममा लंगजम्प, खोखो, व्याडमिन्टन, फूटबल, १०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, सांगितिक कुर्सी दौड, पिरामिड दौड लगायतका इभेन्ट गरिएको थियो । पुरुष शिक्षकहरूका लागि फुटबल र महिला शिक्षकका लागि सांगितिक कुर्सी दौड पनि राखिएको आचार्यले बताए ।


विद्यालयले दिएको जानकारी अनुसार, कक्षा २–४ समूहमा वेष्ट एथलेक्टिस छात्रा तर्फ खुशी बिसी (ग्रीन) र छात्र तर्फ ग्रीनकै आर्चित रावल प्रथम भए । कक्षा ५–७ समूह तर्फ छात्रा आकृति पाण्डेय र छात्र सजन उपाध्याय प्रथम भए । कक्षा ८–१० समूहमा छात्रा तर्फ रोशनी धधेल र छात्र तर्फ विनयनाथ योगी प्रथम भएका छन् ।

Exit mobile version