सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
- Dainik Nepalgunj
- Categories: Sports, मुख्य समाचार
Related Content
देशमा आजः ८ बजे ८ खबर
by
Dainik Nepalgunj
October 17, 2024
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
by
Dainik Nepalgunj
October 17, 2024
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
by
Dainik Nepalgunj
October 16, 2024
बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
by
Dainik Nepalgunj
October 16, 2024
भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय
by
Dainik Nepalgunj
October 16, 2024