देशमा आजः ८ बजे ८ खबर


१.
बडादसैँको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर गएर नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका छन् ।  

२.
भारतमा उपचाररत् बाँके क्षेत्र नम्बर २ का सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका महमन्त्री धवलशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्।
क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएका राप्रपाका महामन्त्री राणा मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।

३.
देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ ।

४.
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
६९ औं प्रहरी दिवसको अवसरमा बुधबार मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधियुक्त बनाउँदै रुपान्तरणको आवश्कता रहेको औंल्याएका हुन् ।
५.
शेयर बजार उकालो यात्रामा देखिएको छ । दशैँपछिको दोस्रो कारोबार दिन पनि नेप्से सूचक उच्च अंकले बढेको छ। मंगलबार ३१ अंकले बढेको बजार बुधबार पनि ४३ अंकले बढेको हो।
बजार बढ्दा २०६ कम्पनीको शेयरभाउ बढेको छ भने ३५ कम्पनीको शेयरभाउ घटेको छ। बुधबार ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

६.
अर्घाखाँची दुग्ध उत्पादन तथा विक्रीवितरण सहकारी संस्थाले दुग्ध उद्योग सञ्चालन गरेको छ । जहाँ एक सय ५४ किसान आवद्ध छन् । दैनिक एक हजार पाँच सयदेखि दुई हजार लिटर दुध संकलन हुँदै आएको छ ।

७.
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि गरिएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको हो । यसअघि ७ लाख पाउँदै आएका थिए ।

८.
बडादशैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् ।

Exit mobile version