लुम्बिनीका सांसद केसी जेल चलान

लुम्बिनी प्रदेशका एक सांसद जेल चलान भएका छन् ।

रुकुम पूर्व १ (२) बाट निर्वाचित काँग्रेस सांसद धनबहादुर केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएपछि जेल चलान भएका हुन् ।

फरार केसी आफै रुकुमपूर्व अदालतमा हाजिर भएपछि उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेलले बताएका छन् ।

सांसद केसीको किर्ते मुद्दा भने दुई दशक पुरानो हो । उनले सम्बन्धी विच्छेदको मुद्दामा नक्कली कागजात पेश गरेको श्रीमतिले जाहेरी दिएपछि उनी विरुद्ध मुद्दा चलेको थियो ।

केसीमाथि एक बर्ष कैद र दुई हजार जरिवानाको फैसला अदालतले गरेको थियो ।

Exit mobile version