वडा प्रहरीमा बमले सम्हाले जिम्मेवारी

वडा प्रहरी कार्यालयमा सरुवा भई आएका प्रहरी निरीक्षक अरूण बमले आफ्नो पदभार ग्रहण गरेका छन् ।

शनिबार औपचारिक कार्यक्रम बीच प्रहरी निरीक्षक हरि बहादुर बिसीलाई बिदाई गर्दै बमलाई स्वागत गरिएको
हो ।

प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंको पत्रादेशानुसार वम वडा प्रहरी प्रमुखको जिम्मेवारीमा आएका हुन् ।

वडा प्रहरी कार्यालय नेपालगन्जले नगरको सुरक्षा, चोरी तस्करी नियन्त्रणका लागि भूमिका निर्वाह गर्दै आएको छ ।

Exit mobile version