बाँकेको उच्चस्तरीय टोलीद्धारा परियोजना अनुगमन

युके एड, स्टार फन्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँकेमा सञ्चालन गरिएको एन २३ अन्तर्गत तराईका जिल्लाहरूमा भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको जिल्लास्थित एक उच्च स्तरीय टोलीले अनुगमन गरेको छ ।  

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले नरैनापुर गाउँपालिका ६ र राप्ती सोनारी गाउँपालिका ७ मा परियोजनाले गरेको कामको अनुगमन निरिक्षण गरेको थियो ।  

टोलीले नरैनापुर ६, गंगापुरमा गरिएको स्वास्थ्य चौकीको मर्मत कार्य र सुरक्षित आश्रय भवनमा जडान गरिएको उचाइमा राखिएको ह्याण्ड पम्पको निरीक्षण गरेको थियो ।
सोही प्रकारले सो टोलीले राप्तीसोनारी गाउँपालिका ७, सर्रामा रहेको स्वास्थ्य चौकीको भ्रमण गरी मर्मत कार्य र उचाइमा राखिएको ह्याण्ड पम्पको निरीक्षण गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार अन्त्यमा टोलीले राप्तीसोनारी गाउँपालिका७, सर्रामा रहेको पोखरा माता मन्दिरको परिसरमा रहेको सुरक्षित आश्रय भवन र उचाइमा राखिएको पम्पको मर्मत कार्यको अवलोकन समेत गरेको थियो ।

अनुगमन टोलीले नगदका लागि श्रम कार्यक्रम अन्तर्गत समुदायका मानिसहरूले गरेको नहरहरूको फोहोर सफाइ पनि अवलोकन गरेको थियो ।
यी सबै तयारी कार्यहरू परियोजना अन्तर्गत बाढीको समयमा प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा राख्न र स्वच्छ पिउने पानीको पहुँच तथा बस्ती जलमग्न हुँदा समुदायलाई सुरक्षित आश्रय भवनमा राख्नको लागि गरिएको क्लबले जनाएको छ ।
अनुगमन टोलीमा जिल्ला आपातकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा बेदेश्वर गौतम, बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, प्रशासन तथा वित्त प्रमुख वेद प्रसाद पङ्गाली र प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी लगायतको सहभागिता रहेको थियो । 

Exit mobile version