नेपालगन्जमा पन्च इभी लन्च

नेपालगन्जमा उपमहानगर–पालिकाका नगरप्रमुख प्रशान्त विष्टले वातावरणमैत्री सवारीसाधनहरू प्रोत्साहित गर्नु आवश्यकता भएका छन् । नगर प्रमुख विष्टले वातावरण संरक्षण गर्दै डिजल, पेट्रोलको आयात घटाउन विद्युतीय चार्जिङ गाडीहरू प्रभावकारी हुनसक्ने बताएका छन् ।

‘नेपालमा पेट्रोलिय पदार्थ आयात गर्दा ठूलो रकम बाहिरिने गरेको छ’, टाटाको पन्च इभी नेपालगन्जमा लन्च गर्दै नगर प्रमुख विष्टले भने, ‘ढिलो चाँडा विद्युतीय सवारीसाधनमा जानु पर्छ नै, त्यसैले चार्जिङ्ग स्टेशन बनाउन उपमहानगरपालिका सहयोग गर्न तयार छ ।’

वातावरण मैत्री रहेको विद्युतीय गाडी सबैको रोजाईमा पर्नु पर्ने बताउँदै नगर प्रमुख विष्टले भने, ‘अहिले परिस्थितीलाई हेर्दा डिजल र पेट्रोलबाट चल्ने साधनहरू ह्टाउने अवस्थामा विद्युतीय साधनहरू वातावरणमैत्री हुने हुदाँ यसको अत्याधिक प्रयोगका लागि सल्लाह दिन चाहान्छु, यसले राष्ट्रिय आर्थिक पक्षमा समेत सहयोग गर्ने हुन्छ ।’

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले पन्च इभी नेपाली बजारमा ल्याएको छ । बाँकेमा रुद्रप्रिया इन्टरनेशनलले बिक्रीको जिम्मेवारी पाएको छ । मंगलबार औपचारिक कार्यक्रम बीच पन्च इभीको बिक्री शुभारम्भ गर्दै सिप्रदीका व्यवसायिक प्रबन्धक समान्तसिंह सिजापतीले सिप्रदीबाट बिक्री भएका विद्युत गाडीहरूमा चार्ज छुट गर्ने बताउँदै भने,‘हाम्रो कम्पनीबाट विक्री भएका जति पनि विद्युतीय गाडीहरू रहेका छन् तिनीहरूलाई आठ वर्ष सम्म हाम्रो चार्जिङ सेन्टरमा चार्ज गर्दा कुनै शुल्क लाग्ने छैन ।’ उनले चार्जिङ्ग सेन्टर नयाँ नयाँ ठाउँमा बनाउने तयारी रहेको जानकारी दिए ।

सिप्रदीका मेघराज ढुंगेलले पन्च इभीको विशेषताका बारेमा जानकारी दिंदै भने, ‘पन्च इभी नेपालको बाटो सुहाउँदो रहेको छ र आगामी १० बर्षसम्मका लागि ध्यानमा राखेर फिचरहरू समावेश गरिएको छ ।

विद्युतीय गाडी प्रयोगकर्ताको तर्फबाट बोल्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका राजनीतिशास्त्र प्रमुख रुद्र प्रसाद तिमिल्सेनाले विद्युतीय गाडीको प्रयोगबाट आफु सन्तुष्ट रहेको बताए । उनले भने, ‘थोरै खर्चमा धेरै सुविधाहरू लिन पाइएको छ ।’ उनले पन्च इभीका विक्रेता रुद्रप्रिया इन्टरनेशनलका प्रमुख माधव प्रसाद शर्माले पछिल्ला समय विद्युतीय गाडीको माग बढ्दै गएको बताउँदै भने,‘ग्राहकहरूको आवश्यकतालाई बुझेर नै ट्यागो पछि हामीले पन्च गाडी लन्च गरेका हौं, सस्तो र भरपर्दो भएको हुँदा प्रयोगकर्ताहरू सन्तुष्ट रहेको पाएका छौं ।’

पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भूभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ ।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र, नेपालमा सिपर्दीले पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरूको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त रहेको जनाएको छ ।
नेपाल भरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५०+ एसी फास्ट चार्जिङ्ग, १५०+ एसी स्लो चार्जिङ्ग नेटवर्क छ । यसै गरी १६ इभी डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन् ।

Exit mobile version