नेपालगन्जमा दुई दिन बिदा थप

नेपालगन्ज । नेपालगन्जको मौसममा सुधार नआउँदा नेपालगन्ज नगरपालिकाले शैक्षिक बिदा दुई दिन थप गरेको छ । चिसोका कार० पठनपाठनमा समस्या भएको भन्दै नगरले बिहीबारदेखि विद्यालयहरुमा बिदा दिएको थियो ।

चिसो यथावतै रहेकाले दुई दिन विद्यालयहरु बन्द रहने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । आइतबार र बिहीबार आधारभूत तह कक्षा १ देखि ८ सम्म पठनपाठन बन्द हुने नगर प्रमुख प्रशान्त बिष्टले जनाए ।

Exit mobile version